काठमाडौंः बंगलादेशी नागरिक ४५ वर्षीय मोहिद्दिन अहमदको हत्या भएको छ । काठमाडौं महानगरपालिका १३ स्थित सोल्टीमोडको होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा उनको हत्या भएको प्रहरीले जनाएको छ ।
मृतक अहमद ट्राभल एजेन्सी सञ्चालक एवं समेत हुन् । उनीसँगै होटलमा बसेका अर्का एक जना फरार रहेका छन् ।
महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी रुगम कुँवरले बोतलले टाउकोमा हानेको अवस्थामा उनको शव भेटिएको बताए । एक साताअघि उनको हत्या भएपनि ढिला गरी सार्वजनिक हत्या भएको खबर सार्वजनिक भएको हो ।
घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहमद क्यासिनोका नियमित ग्राहक भएको बताइएको छ ।
प्रतिक्रिया