काठमाडौँ । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो।
सेक्युरिटी प्रिन्टिङ्ग प्रेश खरिद गर्ने सम्बन्धमा कमिसनका लागि बार्गेनिङ्ग गर्दै गरेको अडियो सार्वजनिक भएपछि सञ्चार मन्त्रीबाट गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् ।
अडियो प्रकरणलाई लिएर कांग्रेससहितका विपक्षी दलले यसअघिको संसद बैठकमा अवरोध गरेका थिए । उनीहरुले मंगलबार भने बैठक चल्न दिने भएका छन् ।
नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा सोमबार बसेको कांग्रेस, राजपा तथा समाजवादी पार्टीको बैठकले संसदमा अवरोध नगर्ने निर्णय गरेकाले मंगलबारको संसद बैठक नियमित रुपमा चल्ने छ ।
यस्तो छ सम्भावित कार्यसूचि:

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया