असार २४, २०८२ मंगलबार July 8, 2025

अंपुन चक्रवात, सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागको अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा बनेको चक्रवात नेपाली भूमिमा प्रवेश गरिसकेको जनाएको छ ।
चक्रवातको प्रभाव कमजोर हुने क्रममा रहेको जनाउँदै महाशाखाले हाल मुलुकमा स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ ।

चक्रवातको प्रभावले केही दिन पूर्वी भू-भागका केही स्थानहरु र मध्यका पहाडी भू-भागका १/२ स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। पुर्वी हिमाली भू-भागहरुमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशको पूर्वी र मध्य भू-भागमा पूर्ण बदली रही पश्चिमाका आंशिक बदली रहेको छ। पूर्व र मध्यको थोरै स्थानमा वर्षा भइरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ ८ गते (बिहीबार)

दिउँसोः देशको पूर्वी भू-भागमा पूर्ण बदली र मध्य भूभागमा सामान्य बदली रही बाकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी तथा मध्यका १-२ स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।पुर्वी उच्च हिमाली भु-भागका केही स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संभावना रहेको छ।

रातीः देशको पूर्वी भू-भागमा पूर्ण बदली रही बाकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केहि स्थानहरु र मध्य भू-भागका १/२ स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।पुर्वी तथा मध्य उच्च हिमाली भु-भागका केही स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संभावना रहेको छ।

जेठ ९ गते (शुक्रबार)

दिउँसोः देशको पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागमा सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केहि स्थानहरु साथै मध्य र पश्चिमी पहाडि भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडि भु-भागमा सामान्य बदली रही बांकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडि भू-भागका १/२ स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ १० गते (शनिबार)

दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका धेरै स्थानहरु र पश्चिमी भू-भागका एक-दुई स्थानहमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार