असोज १७, २०८३ शनिबार October 3, 2026

अंपुन चक्रवात, सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागको अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा बनेको चक्रवात नेपाली भूमिमा प्रवेश गरिसकेको जनाएको छ ।
चक्रवातको प्रभाव कमजोर हुने क्रममा रहेको जनाउँदै महाशाखाले हाल मुलुकमा स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ ।

चक्रवातको प्रभावले केही दिन पूर्वी भू-भागका केही स्थानहरु र मध्यका पहाडी भू-भागका १/२ स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। पुर्वी हिमाली भू-भागहरुमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशको पूर्वी र मध्य भू-भागमा पूर्ण बदली रही पश्चिमाका आंशिक बदली रहेको छ। पूर्व र मध्यको थोरै स्थानमा वर्षा भइरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ ८ गते (बिहीबार)

दिउँसोः देशको पूर्वी भू-भागमा पूर्ण बदली र मध्य भूभागमा सामान्य बदली रही बाकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी तथा मध्यका १-२ स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।पुर्वी उच्च हिमाली भु-भागका केही स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संभावना रहेको छ।

रातीः देशको पूर्वी भू-भागमा पूर्ण बदली रही बाकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केहि स्थानहरु र मध्य भू-भागका १/२ स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।पुर्वी तथा मध्य उच्च हिमाली भु-भागका केही स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संभावना रहेको छ।

जेठ ९ गते (शुक्रबार)

दिउँसोः देशको पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागमा सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केहि स्थानहरु साथै मध्य र पश्चिमी पहाडि भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडि भु-भागमा सामान्य बदली रही बांकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडि भू-भागका १/२ स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ १० गते (शनिबार)

दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका धेरै स्थानहरु र पश्चिमी भू-भागका एक-दुई स्थानहमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Jitiya festival fosters mutual respect, harmony: President Paudel
२०८३ असोज १७, शनिबार
केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने
२०८३ असोज १७, शनिबार
मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग
२०८३ असोज १७, शनिबार
कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
२०८३ असोज १७, शनिबार
विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असोज १७, शनिबार
नरैनापुर गाउँपालिकाका सबै विद्यालय डिजिटल प्रणालीमा आबद्ध
२०८३ असोज १७, शनिबार
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार