काठमाण्डाैंः भक्तपुर नगरपालिकाका ६९ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
भक्तपुर नगरपालिकामा पहिलो पटक स्थानिय व्यक्तिमै कोरोनो देखिएपछि नगरपालिकाका जनप्रतिनिधि, सफाई कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ६९ जनाको परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।
नगरपालिका भित्र भक्तपुर भेलुखेल ५ का व्यक्तिलाई पहिलो संक्रमति देखिएको थियो । उनी वस्ने टोलका ४० भन्दा बढी भक्तपुर नगरपालिकाका सफाई कर्माचरी छन् । त्यसपछि भने नगरपालिकाले पीसिआर विधि वाट परीक्षण गरेको थियो ।
१ सय ४३ जनाको परीक्षण भएकोमा आज बिहानसम्ममा ७० जनाको रिपोर्ट आएको भक्तपुर नगरपालिका-९ का वडाध्यक्ष रविन ज्याख्वले जानकारी दिएका छन् । शुक्रबार नगरपालिकाकी एक महिला सदस्यको रिपोर्ट भने पोजेटिभ आएको थियो । अन्यको रिर्पोट भने आऊने क्रममा छ । संत्रमित महिलाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
ज्याख्वका अनुसार नगरपालिकामा ४६ जनप्रतिनिधि, १६० सफाइ कर्मचारी र ४१ स्वास्थ्य कर्मचारी रहेका छन् । । परीक्षण गर्न बाँकी रहेकाको परीक्षण गर्ने क्रम चलिरहेको उनले बताए । नगरपालिकाका जनप्रतिनिधि, सफाई कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया