असोज १७, २०८३ शनिबार October 3, 2026

बाँके दुर्घटनामा घाइतेहरूको परिचय खुल्यो, मृतकको सनाखत अझै हुन सकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सल्यान । बाँकेको अगैया नजिकै जङ्गलमा भएको गाडी दुर्घटनाका घाइते सबैको जनाको परिचय खुलेको छ । बाँके प्रहरीका अनुसार घाइते मध्ये सल्यानका धेरै छन् ।

घाइते हुनेमा सल्यान जिल्लाका शारदा नगरपालिका–६ का टीका चलाउने, बनगाड कुपिण्डे नगरपालिकाका २० वर्षीय मीनराज बिक, सिद्धकुमाख गाउँपालिका–५ का तेज ब. बुढाथोकी, १८ वर्षीय धन बहादुर बोहरा, सिद्धकुमाख–४ का २८ वर्षीय लोकेश घर्ती, सल्यानकै ५२ वर्षीय दीप बहादुर बुढा, शिव भण्डारी, सिद्धकुमाख गाउँपालिका–५ का २६ वर्षीय निम बहादुर बादी, १८ वर्षीय देवेन्द्र बुढाथोकी र १७ वर्षीय ज्ञान बहादुर बोहरा रहेको रहेको बाँके प्रहरीले जनाएको छ ।

यस्तै दाङका ४५ बर्षिया मेघराज केसी, दाङ तुलसीपुरका ३९ वर्षीय विष्णु गिरी, वडा नं. २ का २३ वर्षीय रूपलाल केसी, दाङको राजपुर गाउँपालिका ६ का २० वर्षीय दीपेश चौधरी, सोही गाउँपालिका वडा नं २ का २१ वर्षीय जीवन घर्ती, २० बर्षिया भरत थापा रहेका छन् ।

यस्तै रोल्पाको त्रिवेणी गाउँपालिकाका–७ का १७ वर्षीय सुनिल परियार, सोही ठाउँका २० वर्षीय वीरेन्द्र परियार, १८ वर्षीय पुरन परियार, रोल्पाका ५२ वर्षीय नर ब। बिक, रोल्पाका ४० बर्षिया दिल बहादुर वि.क रहेका छन् ।

घाइते सबैको कोहलपुरमा उपचार भइरहेको छ ।

नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को फोर्स गाडी राप्तिसोनारी–२ मा दुर्घटना भएको थियो ।
गाडी ठुरिया जङ्गलमा रोकिराखेको वा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ ।

गाडीमा ३३ जना सवार थिए । दुर्घटनामा मृतकको सनाखत हुन सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Jitiya festival fosters mutual respect, harmony: President Paudel
२०८३ असोज १७, शनिबार
केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने
२०८३ असोज १७, शनिबार
मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग
२०८३ असोज १७, शनिबार
कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
२०८३ असोज १७, शनिबार
विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असोज १७, शनिबार
नरैनापुर गाउँपालिकाका सबै विद्यालय डिजिटल प्रणालीमा आबद्ध
२०८३ असोज १७, शनिबार
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार