असार २४, २०८२ मंगलबार July 8, 2025

बाँके दुर्घटनामा घाइतेहरूको परिचय खुल्यो, मृतकको सनाखत अझै हुन सकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सल्यान । बाँकेको अगैया नजिकै जङ्गलमा भएको गाडी दुर्घटनाका घाइते सबैको जनाको परिचय खुलेको छ । बाँके प्रहरीका अनुसार घाइते मध्ये सल्यानका धेरै छन् ।

घाइते हुनेमा सल्यान जिल्लाका शारदा नगरपालिका–६ का टीका चलाउने, बनगाड कुपिण्डे नगरपालिकाका २० वर्षीय मीनराज बिक, सिद्धकुमाख गाउँपालिका–५ का तेज ब. बुढाथोकी, १८ वर्षीय धन बहादुर बोहरा, सिद्धकुमाख–४ का २८ वर्षीय लोकेश घर्ती, सल्यानकै ५२ वर्षीय दीप बहादुर बुढा, शिव भण्डारी, सिद्धकुमाख गाउँपालिका–५ का २६ वर्षीय निम बहादुर बादी, १८ वर्षीय देवेन्द्र बुढाथोकी र १७ वर्षीय ज्ञान बहादुर बोहरा रहेको रहेको बाँके प्रहरीले जनाएको छ ।

यस्तै दाङका ४५ बर्षिया मेघराज केसी, दाङ तुलसीपुरका ३९ वर्षीय विष्णु गिरी, वडा नं. २ का २३ वर्षीय रूपलाल केसी, दाङको राजपुर गाउँपालिका ६ का २० वर्षीय दीपेश चौधरी, सोही गाउँपालिका वडा नं २ का २१ वर्षीय जीवन घर्ती, २० बर्षिया भरत थापा रहेका छन् ।

यस्तै रोल्पाको त्रिवेणी गाउँपालिकाका–७ का १७ वर्षीय सुनिल परियार, सोही ठाउँका २० वर्षीय वीरेन्द्र परियार, १८ वर्षीय पुरन परियार, रोल्पाका ५२ वर्षीय नर ब। बिक, रोल्पाका ४० बर्षिया दिल बहादुर वि.क रहेका छन् ।

घाइते सबैको कोहलपुरमा उपचार भइरहेको छ ।

नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को फोर्स गाडी राप्तिसोनारी–२ मा दुर्घटना भएको थियो ।
गाडी ठुरिया जङ्गलमा रोकिराखेको वा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ ।

गाडीमा ३३ जना सवार थिए । दुर्घटनामा मृतकको सनाखत हुन सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार