विराटनगर । विराटनगर स्थित कोरोना विशेष कोशी अस्पतालवाट आज २७ जना कोरोना सक्रंमित डिस्चार्ज भएका छन् । ती मध्ये चारजना महिला र २३ जना पुुरुष रहेका छन ।
मोरङ, उदयपुुर, धनकुुटा, खोटाङ, सुुनसरी लगायत सात जिल्लाका २७ जना सक्रमित अस्पतालवाट निको भएर घर फर्केको प्रदेश न १ का समाजिक विकास मंत्री जिवन घिमिरेले वताएका छन।
उनिहरुलाई मंत्री घिमिरेले कोरोनालाई जितेको भन्दै फुुलको गुुच्छा दिएर स्वागत गरेका थिए । अस्पतालमा अव १५ जना सक्रमितको उपचार भइरहेको र सवैको अवस्था सामान्य रहेको छ । प्रदेश नं. १ आज सम्म २ सय १ जना कोरोना सक्रमित फेला परेकामा ७८ जना अस्पतालवाट डिसर्चाज भएको मंत्री घिमिरेले वताएका छन ।
सो अवसरमा वोल्दै मंत्री घिमिरेले कोरोना रोकथाम नियन्त्रणका लागी प्रदेश न १ का विभिन्न स्थानमा ४ हजार आइसोलेशन वेड तयार गर्ने योजनामा प्रदेश सरकार अघि वढेको वताएका छन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया