असार २४, २०८२ मंगलबार July 8, 2025

आगामी तिन दिनको मौसम पूर्वानुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२५ जेठ, काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणाली को प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको प्रदेश ५, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश तथा प्रदेश १ र सुदुर पश्चिम प्रदेशको पहाडी भू(भागमा सामान्य बदली रहेको छ भने प्रदेश २ तथा प्रदेश १ र सुदुर पश्चिम प्रदेशको तराई भू(भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ । साथै गण्डकी प्रदेश, प्रदेश ५ र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का बर्षा वर्षा भैरहेको अवस्था महाशाखाले जानकारी दिएको छ।

आगामी तिन दिनको मौसम पूर्वानुमान

जेठ २५ गते

दिउँसोः देशका धरैजसो स्थानमा सामान्य बदली रहनेछ। प्रदेश १, बागमती ,गण्डकी प्रदेश तथा प्रदेश ५ का थोरै स्थानहरुमा र कर्णाली, सुदुर पश्चिम प्रदेश र प्रदेश २ का एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः वागमती प्रदेश र प्रदेश १ मा सामान्य बदली रहनेछ बाँकि प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुइ स्थानमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

जेठ २६ गते

दिउँसोः प्रदेश १, गण्डकी, बागमती, र कर्णाली प्रदेशहरुमा सामान्य बदली तथा प्रदेश २, सुदुर पश्चिम र प्रदेश ५ मा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती ,गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली, सुदुर पश्चिम, प्रदेश २ र ५ का एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः वागमती प्रदेश, प्रदेश १ र प्रदेश २ मा सामान्य बदली रहनेछ भने बाँकि प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुइ स्थानमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

जेठ २७ गते

दिउँसोः प्रदेश १, गण्डकी, बाग्मती, कर्णाली, सु।प प्रदेशमा सामान्य बदली तथा प्रदेश २ र ५ मा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती ,गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली, सु।प, प्रदेश २ र ५ का एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर आन्शिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा प्रदेश १, बागमती ,गण्डकी प्रदेश तथा प्रदेश ५ का थोरै स्थानहरुमा र कर्णाली, सुदुर पश्चिम प्रदेश र प्रदेश २ का एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार