असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोना भाइरसको सङ्क्रमणबाट नेपाल बाहेक विश्वभर १२५ नेपालीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण शनिवार (६,जुन २०२०)को साँझसम्म विदेशमा एक सय २५ जना नेपालीहरूको कोरोनाका कारणले निधन भएको छ ।

गैर आवासीय नेपाली सङ्घले विदेशमा नेपालीहरूको मृत्यु र सङ्क्रमणको दर उल्लेख्य रूपमा कमी आएको र सङ्क्रमण दर गत साताभन्दा ७५ प्रतिशतले कमी भएको छ ।

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार यो साता विदेशमा छ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने पाँच हजार पाँच सय ९० जना सङ्क्रमण मुक्त भएका छन् ।

गैर आवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार सो साता कतारमा चार जना, कुवेतमा एक जना, युकेमा एक जना गरी छ जनाले कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन् ।

सङ्घ अन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्यांकअनुसार विश्वका ३४ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

१३ देशमा रहेका नेपालीहरूको ज्यान गएको छ । कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्याण्डस्, र स्विडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।

संयोजक डा.सापकोटाका अनुसार विदेशमा मात्र १४ हजार चार सय ५४ जना नेपालीमा सङ्क्रमण गैर आवासीय नेपालीहरू कोरोनाबाट सङ्क्रमित भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार