असार २४, २०८२ मंगलबार July 8, 2025

भारतीयको आक्रमणबाट ६ जना सशस्त्र प्रहरी घाइते, दुईको अवस्था गम्भीर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेपाल भारत सीमामा खटिएको सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप हुँदा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

नवलपुर पश्चिम जिल्लाको सीमावर्ति प्रतापुर गाउँपालिका स्थित बसैयामा सयाैं संख्यामा रहेका भारतीय नागरिकहरू नेपाल प्रवेश गर्ने क्रममा झडप हुँदा ६ जना सशस्त्र प्रहरी घाइते भएका हुन् ।

भारतबाट एक महिलाले साँझ करिब ६ बजेको समयमा रासायनिक मल ल्याउँदै गर्दा सशस्त्र प्रहरीले रोकेको थियो। त्यसपछि स्थानीय र सशस्त्र प्रहरी बिच विवाद बढ्दै गएपछि भारतीयहरूले शसस्त्र प्रहरीलाई नै ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर पनि भएको जिल्ला प्रहरी कार्यालयका एसपी अजय केसीले जानकारी दिएका छन्।

उनीहरूलाई उपचारका लागि परासी स्थित पृथ्वी चन्द्र अस्पतालमा लगिएको छ । घाइते मध्य दुई जना सशस्त्र प्रहरीको अवस्था गम्भीर रहेको जनाइएको छ ।  घाइते भएका सशस्त्र प्रहरी स्थानीय भैरमपुर बेस क्याम्पबाट खटिएका थिए ।

घटनास्थलमा अहिले स्थिति नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । यस विषयमा भाेलि स्थानीय जनप्रतिनिधिसहितकाे छलफल गरिने बताइएकाे छ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार