असोज १७, २०८३ शनिबार October 3, 2026

अस्पतालले जागिरबाट निकालेपछि कर्मचारीले लगाए आफ्नै शरीरमा आगो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनगढी । अछाम जिल्लाको बयालपाटा अस्पतालका एक जना कर्मचारीले जागिरबाट हटाइएपछि आफ्नै शरीरमा आगो लगाएका छन् ।

अस्पतालले हटाएका ३३ जना कर्मचारी मध्येका साफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजीले सोमबार बिहान आफ्नै शरीरमा आगो लगाएका हुन् ।

शरीरमा आगो लगाएर गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेलिकोप्टर मार्फत नेपालगञ्ज लगिएको छ । अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आगो लगाएर गम्भीर घाइते भएका ति कर्मचारीलाई जिल्लामा उपचार सम्भव नभएपछि हेलिकोप्टर मार्फत नेपालगञ्ज पठाइएको जानकारी दिएका छन ।

अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो । अस्पतालले जागिरबाट निकालेपछि उनले परिवारको रोजीरोटी खोसिएको भन्दै आगो लगाएको स्थानीयले बताएका छन् ।

बयालपाटा अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर केही कर्मचारी हटाएको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Jitiya festival fosters mutual respect, harmony: President Paudel
२०८३ असोज १७, शनिबार
केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने
२०८३ असोज १७, शनिबार
मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग
२०८३ असोज १७, शनिबार
कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
२०८३ असोज १७, शनिबार
विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असोज १७, शनिबार
नरैनापुर गाउँपालिकाका सबै विद्यालय डिजिटल प्रणालीमा आबद्ध
२०८३ असोज १७, शनिबार
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार