काठमाण्डाैंः अर्घाखाँचीमा कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार लु १ च ३५३५ नम्बरको एम्बुलेन्स अर्घाखाँचीको खाँचिकोट स्थित डिहिडाँडामा रहेको फर्जेङ खोलामा सडकबाट चिप्लिएर सोमबार अपरान्ह दुर्घटनामा परेको हो ।
सन्धिखर्क नगरपालिका वार्ड नम्वर- ७ चन्द्रप्रभा माविको क्वारेन्टिनबाट ५ जना संक्रमित लिएर सन्धिखर्क आउँदै गरेको उक्त एम्बुलेन्स दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा परी सामान्य घाइते भएका ४ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सामान्य उपचारपछि संक्रमित सबैलाई सन्धिखर्कमा रहेको आइसोलेसन कक्षमा राखिएको छ ।
भारतबाट स्वदेश आएपछि स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाब परीक्षण गर्दा सोमबार कोरोना पोजिटिभ देखिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया