असोज १७, २०८३ शनिबार October 3, 2026

अर्घाखाँचीमा कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना, ४ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः अर्घाखाँचीमा कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार लु १ च ३५३५ नम्बरको एम्बुलेन्स अर्घाखाँचीको खाँचिकोट स्थित डिहिडाँडामा रहेको फर्जेङ खोलामा सडकबाट चिप्लिएर सोमबार अपरान्ह दुर्घटनामा परेको हो ।

सन्धिखर्क नगरपालिका वार्ड नम्वर- ७ चन्द्रप्रभा माविको क्वारेन्टिनबाट ५ जना संक्रमित लिएर सन्धिखर्क आउँदै गरेको उक्त एम्बुलेन्स दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा परी सामान्य घाइते भएका ४ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सामान्य उपचारपछि संक्रमित सबैलाई सन्धिखर्कमा रहेको आइसोलेसन कक्षमा राखिएको छ ।

भारतबाट स्वदेश आएपछि स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाब परीक्षण गर्दा सोमबार कोरोना पोजिटिभ देखिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Jitiya festival fosters mutual respect, harmony: President Paudel
२०८३ असोज १७, शनिबार
केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने
२०८३ असोज १७, शनिबार
मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग
२०८३ असोज १७, शनिबार
कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
२०८३ असोज १७, शनिबार
विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असोज १७, शनिबार
नरैनापुर गाउँपालिकाका सबै विद्यालय डिजिटल प्रणालीमा आबद्ध
२०८३ असोज १७, शनिबार
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार