श्रावण २०, २०८३ बुधबार August 5, 2026

कांग्रेस विधि र विधानको बाटोमा अघि बढ्दैछ : महामन्त्री प्रदीप पौडेल

निर्वाचनपछि सरकार बनाउने अवस्था आए कसलाई प्रधानमन्त्री हुने भन्ने पनि घोषणापत्रमै उल्लेख भएर आउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी विधि र विधान अनुसार परिवर्तनको बाटोमा हिँडेको दाबी गरेका छन्।

काठमाडौं ५ मा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका असन्तुष्ट पक्षले पनि स्वीकार्ने आधार बन्दै गएको बताए।

उनले भने, हामीले नेतृत्वप्रति असन्तुष्टि जनाएर प्रक्रियामा गयौँ। त्यसले नयाँ परिणाम ल्याएको छ। पार्टीका सबै अग्रजहरूले हामीले अगाडि बढाएको प्रक्रियालाई स्वीकार्ने दायरा फराकिलो हुँदै छ। पार्टीभित्रको सबै अन्तर्विरोध अन्त्य हुनेछ।

पार्टीको घोषणापत्र १० गते सार्वजनिक गर्ने बताए। उनले निर्वाचनपछि सरकार बनाउने अवस्था आए कसलाई प्रधानमन्त्री हुने भन्ने पनि घोषणापत्रमै उल्लेख भएर आउने बताए। कांग्रेसले भावी प्रधानमन्त्रीमा गगन थापालाई घोषणा गरेर चुनावमा जाने तयारी गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार