काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भोलि माघ ९ गते दिउँसो १ बजे पार्टीका सभापति गगन कुमार थापा लगायत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पदबहाली कार्यक्रम आयोजना हुने भएको छ।
पार्टी केन्द्रीय कार्यालय स्रोतका अनुसार हालै सम्पन्न पार्टी आन्तरिक प्रक्रियापछि निर्वाचित पदाधिकारीहरूले औपचारिक रूपमा पदभार ग्रहण गर्ने कार्यक्रम तय गरिएको हो।
कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरू, केन्द्रीय सदस्यहरू, भातृ संगठनका प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहने बताइएको छ। पदबहाली कार्यक्रमलाई पार्टी संगठनलाई थप सक्रिय बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया