श्रावण २०, २०८३ बुधबार August 5, 2026

उम्मेदवारी खारेजपछि रेशम चौधरीको प्रतिवाद : विभेदविरुद्ध जाँतोमा मतदान गर्न जनतालाई आग्रह

‘राजनीतिक सिकार बनाइयो’ भन्दै रमेश चौधरी आक्रोशित, जाँतो चिन्हमा भोट हाल्न आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज भएकोमा असन्तुष्टि प्रकट गरेका छन्।

कैलाली-१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका उनले आफूविरुद्ध राजनीतिक विभेद भएको समेत उल्लेख गरेका छन्।

‘राजनैतिक सिकार बनाउनुको पनि हद हुन्छ, विभेद दमन र उपेक्षित समुदायलाई उत्पीडनमा पार्दा प्रयोग गरिने हतियार पनि कस्ता कस्ता ?,’ चौधरीले फेसबुकमा लेखेका छन्, ‘मण्डेलाले लामो संघर्ष गर्दाको परिणाम प्राप्ति सिंगो अफ्रिका हो। पहिचानको लामो लडाइँको मार्ग कतै त्यही हुने त होइन ? भन्ने भय छ। राजनैतिक बिभेदकाबिरुद्ध सबैको साथ भनेकै जाँतोमा (चकिया) मा मतदान हो।’

निर्वाचन आयोगले उनलाई जन्मकैदको सजाय भएको भन्दै उम्मेदवारी खारेज गरेको छ। चौधरीले यसविरुद्ध देशैभर जाँतो चिह्नमा मतदान गर्न समेत आह्वान गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार