श्रावण २०, २०८३ बुधबार August 5, 2026

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलद्वारा राजीनामा

निर्वाचन क्षेत्रमा सक्रिय भएर काम गर्नुपर्ने बहाना बनाउदै राजिनामा दिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार आफ्नो जिम्मेवारीबाट अलग भएका छन्।

निर्वाचन क्षेत्रमा सक्रिय भएर काम गर्नुपर्ने भएकाले उनले पदबाट राजीनामा दिएको जनाइएको छ।

पौडेल पुस २७ देखि ३० गतेसम्म सम्पन्न काँग्रेसको विशेष महाधिवेशनप्रति असहमत रहँदै आएका थिए । सो महाधिवेशनको विपक्षमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष तथा डा. शेखर कोइराला समूह पनि रहेको उल्लेख छ। यद्यपि, तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा सम्पन्न विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधानिकता दिएको थियो।

विशेष महाधिवेशनलाई मान्यता दिएको निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च अदालत पुगेको भए पनि अन्तरिम आदेश प्राप्त हुन सकेन। सोही पृष्ठभूमिमा विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगन थापाको नेतृत्वमा रहेको समूह शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पुग्ने तयारीमा रहेको छ। उक्त कार्यक्रमको अघिल्लो दिन मुख्यसचिव पौडेलले पद छोडेका हुन्।

१३ औँ महाधिवेशनपछि शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुँदा पौडेललाई मुख्यसचिवको जिम्मेवारी दिइएको थियो। उनी हाल राष्ट्रिय सभाका सांसदसमेत हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार