श्रावण २०, २०८३ बुधबार August 5, 2026

नवलपुर-१ मा कांग्रेसका उम्मेदवार बालकृष्ण घिमिरे आधिकारिक

पहिले दर्ता भएको नामलाई प्राथिमकता दिँदै घिमिरेलाई आधिकारिक उम्मेदवार घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, माघ ८ गते।  नवलपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण घिमिरे तोकिनु भएको छ।  दुई दिनअघि यहाँ गजेन्द्रबहादुर आले र बालकृष्ण घिमिरेले कांग्रेस सभापति गगन थापाको हस्ताक्षर भएको टिकट ल्याएर दुवैले उम्मेदवारी दर्ता गराउनु भएको थियो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय १ का सूचना अधिकारी प्रेमप्रशाद पौडेलले घिमिरे उम्मेदवार किटान भएको जानकारी दिनुभयो।

निर्वाचन कानुनको दफा १९ अनुसार पहिले दर्ता भएको नामलाई प्राथिमकता दिँदै घिमिरेलाई आधिकारिक उम्मेदवार घोषणा गरिएको उहाँको भनाइ छ।

दुई वटा निर्वाचन क्षेत्र रहेको नवलपुर क्षेत्र नम्बर २ मा जनजाती महासंघका केन्द्रीय अध्यक्ष ओमघर्ती मगर उम्मेदवार बन्नु भएको छ।  यहाँको दुई वटै निर्वाचन क्षेत्रमा ०७९ को निर्वाचनमा कांग्रेस उम्मेदवार निर्वाचित भएका थिए।

उता पश्चिम नवलपरासी क्षेत्र नम्बर २ मा पनि यस्तै विवाद थियो।  त्यहाँपनि पहिले उम्मेदवारी दर्ता गराएका आधारमा कांगेसले भिमबहादुर थापा (भरत) लाई उम्मेदवार बनाएको छ।  यहाँ अर्का उम्मेदवारका दावेदार देवेन्द्रराज कडेल प्रतिस्पर्धाबाट बाहिरिनु भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार