श्रावण २०, २०८३ बुधबार August 5, 2026

रास्वपा महामन्त्री बुर्लाकोटीले टिकट बिक्री गरेको आरोप लगाउदै महेन्द्र पाण्डेद्धारा पार्टी त्यागेको घोषणा

पार्टीभित्र इमान्दार र निष्ठावान कार्यकर्ताको भविष्य सुरक्षित नरहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता महेन्द्र पाण्डेले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पाण्डे कर्णालीमा रास्वपामा स्थापनाकालदेखि नै सक्रिय नेता हुन् । उनको स्थायी घर हुम्ला हो । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले टिकट वितरणलाई कमाउँ धन्दा बनाएको आरोप लगाउँदै उनले पार्टी परित्यागष् गरे ।

गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि रास्वपाका उम्मेदवार रहेका बुर्लाकोटीलाई भोट दिनुको सट्टा गाउँगाउँबाट लखेट्न उनले आग्रह गरे । ‘रास्वपामा इमान्दार र निष्ठावान कार्यकर्ताको भविश्य नरहेको पाण्डेले बताए । बुर्लाकोटी, शंकर श्रेष्ठजस्ता व्यक्तिले निलो क्रान्तिलाई कमाउँ धन्दा बनाएको उनको आरोप छ ।

रास्वपाले मोटो रकम दिन सक्नेलाई मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचनमा टिकट दिएको र रास्वपा हुनेखानेहरुको मात्रै पार्टी रहेको उनले आरोप लगाए । ‘कविन्द्र बुर्लाकोटीजस्ता पापीलाई गाउँगाउँबाट लखेट्नुहोला र इमान्दार उम्मेदवारलाई भोट हाल्नुहोला,’– उनले भने ।

साथै, रास्वपाका सभापति रवि लामिछानेलाई स्वार्थी र गलत नियत भएका व्यक्तिहरुले घेराबन्दी गरिसकेको नेता पाण्डेको दाबी छ । उनले त्यस्ता व्यक्तिहरुलाई कारबाही गर्न सभापति लामिछानेलाई आग्रह गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार