श्रावण २०, २०८३ बुधबार August 5, 2026

देश भ्रमले होइन, श्रमले चल्छ : अध्यक्ष साम्पाङ

विदेशीको इशारामा देश चलिरहेको आरोप लगाउँदै उहाँले माटोप्रतिको अक्षुण्ण भाव राखेर पसिना बगाउन सके मात्र देश बन्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली, ९ माघ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले नभई श्रम र पसिनाले चल्ने बताउनुभएको छ ।

पार्टीको प्रदेशस्तरीय सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्न आज सुर्खेत आइपुग्नुभएका अध्यक्ष साम्पाङले देश चलाउन इमान्दार नेतृत्वको खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले सत्य लुकाएर बोल्न जानेको छैन । बेतिथि र भ्रष्टाचार विरुद्ध १५ वर्षदेखि एक्लै लड्दै आएको छु ।”

विदेशीको इशारामा देश चलिरहेको आरोप लगाउँदै उहाँले माटोप्रतिको अक्षुण्ण भाव राखेर पसिना बगाउन सके मात्र देश बन्ने दाबी गर्नुभयो । उहाँका अनुसार देश बचाउन र बनाउन श्रम अनिवार्य चाहिन्छ । पार्टी, धर्म र जातको नाममा हुने लडाइँ अन्त्य गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष साम्पाङले श्रम संस्कृति भाषण नभई ससाना कामबाट सुरु हुने महत्वपूर्ण संस्कार भएको जिकिर गर्नुभयो ।

काम नगर्ने प्रवृत्तिकै कारण मुलुक पछाडि परेको बताउनुभएका अध्यक्ष साम्पाङले श्रम संस्कृति पार्टीका नेता नभई सबै श्रमदाताहरु हुने प्रतिक्रिया दिनुभयो । पुराना दलहरुबाट विद्यमान समस्या समाधान नहुने र देशमा सुशासन कायम गरी भ्रष्टाचार न्यूनीकरण गर्न श्रम संस्कृति पार्टीलाई समर्थन गर्नुपर्ने उहाँको भनाइ थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार