श्रावण २०, २०८३ बुधबार August 5, 2026

सिरहामा दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व

मनोनयन दर्ता गरेका कसैले उम्मेदवारी फिर्ता लिएका छैनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिरहा । यहाँका चारवटै निर्वाचन क्षेत्रमा आगामी प्र्तिनिधिसभा निर्वाचनका लागि दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व देखिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल १३९ उम्मेदवारले मनोनयन दर्ता गराएकामा ८५ जना स्वतन्त्र छन् भने ५४ जना मात्र दलका उम्मेदवार छन्।

जिल्ला निर्वाचन कार्यालय प्रमुख राजन श्रीवास्तवकाअनुसार सिरहा–१ मा दलका १४ र स्वतन्त्र १८, सिरहा–२ मा दलका १४ र स्वतन्त्र १५, सिरहा–३ मा दलका १२ र स्वतन्त्र २९ तथा सिरहा–४ मा दलका १४ र स्वतन्त्र २३ जनाको उम्मेदवारी परेको छ । मनोनयन दर्ता गरेका कसैले उम्मेदवारी फिर्ता लिएका छैनन्। उम्मेदवारी दर्ता गराउनेमध्ये महिलाको सङ्ख्या आठ जना मात्र छन्।

स्वतन्त्र उम्मेदवारी दिनेहरूमा अधिकांश ठूला दलका असन्तुष्ट कार्यकर्ता र समर्थकहरू छन्। निर्वाचनको समयमा सवारी साधन प्रयोग गर्न पाइने सुविधा र मतगणनाको समयमा आफ्ना प्रतिनिधि पठाउन सहज हुने भएकाले पनि धेरैले स्वतन्त्र रूपमा नाम दर्ता गराएको अनुमान गरिएको छ।

स्वतन्त्र उम्मेदवारहरुलाई आज चुनाव चिन्ह प्रदान गरिएको सहायक निर्वाचन अधिकृत भेषराज भट्टराईले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार