श्रावण २०, २०८३ बुधबार August 5, 2026

रास्वपामा सक्रिय हुदै प्रकाश सपुत

नयाँ राजनैतिक शक्ति स्थापित गराउन खुलेर सरिक हुने निधो गरेको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । गायक तथा कलाकार प्रकाश सपुतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सक्रिय हुने घोषणा गरेका छन् ।

रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसँगको तस्बिर शेयर गर्दै सबैको राजनैतिक आस्था र विचारको कदर गर्दै , कसैलाई अपमान र अनादर नगर्ने प्रतिवद्दतासहित नयाँ समय र नयाँ आन्दोलनको सम्बोधन गर्न नयाँ राजनैतिक शक्ति स्थापित गराउन खुलेर सरिक हुने निधो गरेको घोषणा गरेका हुन् ।

रास्वपाबाट समानुपातिक सूचीमा समेत सिफारिश भएका सपुतले भनेका छन्- ‘अब विचारको भारी होईन सुधार, विकास र समृद्दिको ज़िम्मेवारी बोक्नु पर्ने छ । कम्तिमा तपाईहरुको नेतृत्वमा यो देशको सुधार हुनेछ र समृद्ध नेपालको  शुरुवात मात्रै भए पनि हुनेछ । र, म त्यो सुधार र समृद्धिको यात्रामा तपाईहरुलाई खबरदारी गर्दै साथी र साँची हुन आएको छु ।’

उनले लामिछाने र बालेनलाई अहिले आम नेपालीहरुले कुनै व्यक्ति र शक्ति (दल) लाई  विश्वास गर्न लागेको र मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको उल्लेख गर्दै  उनीहरुलाई निरास बनाउने छुट नभएको बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार