श्रावण २०, २०८३ बुधबार August 5, 2026

राष्ट्रिय जनमुक्ति पार्टीको चुनावी घोषणापत्र सार्वजनिक

प्रत्येक्षतर्फ लुम्बिनी प्रदेशका १० स्थानसहित देशका १७ क्षेत्रमा उम्मेदवार प्रतिष्पर्धामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लुम्बिनी । राष्ट्रिय जनमुक्ति पार्टीले आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । रूपन्देहीको मङ्गलापुरस्थित पार्टीको जिल्ला कार्यालयमा आज पत्रकार सम्मेलन गरी चुनावी घोषणा पत्र सार्वजनिक गरिएको हो ।

घोषणापत्रमा सङ्घीयता, शासकीय स्वरुप, औद्योगिक विकास तथा रोजगार, भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्यलगायत विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । विगतका निर्वाचनमा जारी गरेका घोषणापत्रको समेत स्वामित्व लिने प्रतिबद्धतासहित भ्रष्टाचारलाई देशद्रोह सरह घोषणा गर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सबै नेपालीको स्वास्थ्य बिमालगायत विषय पार्टीको नीति रहेको उल्लेख छ ।

पार्टी अध्यक्ष केशवबहादुर थापा सूर्यवंशीले पार्टीले स्थापनाकालदेखि भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्दै आएको उल्लेख गर्दै भ्रष्टाचार राज्यद्रोह सरहको अपराध घोषणा गरी भ्रष्टाचारीलाई आजिवन काराबासको सजाय गर्नुपर्नेमा जोड दिए । उनले भ्रष्टाचार नियन्त्रण र सुशासन नै जेनजी आन्दोलनको उद्देश्य रहेको पार्टीको बुझाइ रहेको र भ्रष्टाचारविरूद्व कडा कदम चाले मात्रै मुलुक समृद्विको यात्रामा अगाडि बढ्ने धारणा राखे ।

पार्टीका महासचिव टोप अस्लामीले नेपालको संविधानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि लाग्नुपर्नेमा जोड दिए। उनले शक्तिशाली आयोग गठन गरी त्यसको सुझावको आधारमा राज्यको पुनर्संरचना गर्नुपर्नेमा जोड दिए ।

पार्टीका केन्द्रीय सचिव मोजिव अलीले आफ्नो पार्टीले प्रत्येक्षतर्फ लुम्बिनी प्रदेशका १० स्थानसहित देशका १७ क्षेत्रमा उम्मेदवार उठाएको र समानुपातिकमा १२ जना उम्मेदवार रहेको जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार