श्रावण २०, २०८३ बुधबार August 5, 2026

नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन

साम्राज्यवादको पतन र समाजवादको विजय निश्चित रहेको विषयमा नयाँ पुस्तालाई शिक्षित गर्दै जानुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर, २४ चैतः नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले कार्यकर्ताहरूलाई सैद्धान्तिक रूपमा प्रस्ट हुन र जनतालाई राजनीतिक रूपमा शिक्षित गराउन निर्देशन दिनुभएको छ ।

पार्टीको तेस्रो केन्द्रीय समिति बैठकको समापन गर्दै उहाँले केन्द्रीय सदस्यहरूलाई आम कार्यकर्तामाझ पुगेर कार्यकर्ताहरूलाई सैद्धान्तिक रूपमा प्रस्ट पार्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले पार्टीका जनवर्गीय तथा पेसागत सङ्गठनहरूलाई थप सक्रिय बनाउन, मजदुर आन्दोलनमा देखापरेका पुँजीवादी विचारको वैचारिक रूपमै खण्डन गर्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिनुभयो ।

साम्राज्यवादको पतन र समाजवादको विजय निश्चित रहेको विषयमा नयाँ पुस्तालाई शिक्षित गर्दै जानुपर्नेमा जोड दिँदै बिजुक्छेँले पार्टी गतिविधि र जनताको समस्या बुझ्न नियमित अन्तरक्रिया गर्न आग्रह गर्नुभयो ।

बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गर्दै पार्टीले जिल्ला, पालिका र वडा समितिहरूमार्फत स्थानीयस्तरको टोलटोलमा पुगेर सभा गर्दै मतदातालाई धन्यवाद व्यक्त गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंले जानकारी दिनुभयो ।

बैठकमा पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले प्रस्तुत गरेको पार्टीको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनलाई आवश्यक सुझावसहित पारित गरेको गोसाईंले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार