असोज ९, २०८३ शुक्रबार September 25, 2026

मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन : ‘दायाँबायाँ गर्न छुट छैन’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुराभन्दा परिणाममुखी काम चाहिएको बताएका छन्। मन्त्रिमण्डल पुनर्गठनपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब मलाई परिणाम चाहिन्छ, एक मिनेट दायाँबायाँ हुनुहुँदैन। देशका लागि समय खर्चिनुस्।’ ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।

प्रधानमन्त्री ओलीले चिनियाँं राष्ट्रपति सी चिनफिङ आउँदाका बेला जसरी काममा खटिन मन्त्रीहरूलाई निर्देशन दिएका छन। सी काठमाडौं आउँदा सफा भएका सडकले चाह्यो भने एक सातामा सुखद परिणाम दिन सकिँदो रहेछ भन्ने पुष्टि भएको बताएका थिए। ‘नयाँ साथीहरुले पनि कामको गतिलाई ध्यान दिनुपर्छ। पुरानाले झन् गति बढाउनुपर्छ, यत्तिले मात्रै पुगेको छैन’, प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै सहभागी एक मन्त्रीले भने।

ती मन्त्रीका अनुसार बैठकमा कुनै निर्णय भएन। ‘प्रधानमन्त्रीज्यूले बैठकमा बोलाउनु भयो। धन्यवाद दिनुभयो र काममा ध्यान दिन निर्देशन दिनुभयो’, ती मन्त्रीले भने। प्रधानमन्त्री ओलीले चार दिनपछि समीक्षा बैठक बस्ने जानकारी गराउँदै नयाँ मन्त्रीलाई कार्ययोजना ल्याउन र पुरानालाई आ–आफ्नो मन्त्रालयको प्रगतिविवरण पेस गर्न निर्देशन दिएका छन्। ओलीले मन्त्रिपरिषद् बैठकअघि मन्त्री र सचिवलाई एकै ठाउँमा राखेर चुस्त र पारदर्शी ढंगले परिणाममुखी काम गर्न निर्देशन दिएका थिए।

प्रधानमन्त्री ओलीले हरेक मन्त्रालयलाई विकासमा सहकार्य र सहउपयोगको नीतिका आधारमा कार्ययोजना बनाउन निर्देशन दिएका छन्। मन्त्री र सचिवहरुलाई बिहीबार एकै ठाउँमा राखेर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले मन्त्रालयहरूलाई मातहतका निकायमा भइरहेको कार्यप्रगतिको रिपोर्ट चार दिनभित्र तयार गर्न पनि निर्देशन दिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहिरोले कान्ति लोकपथ अवरुद्ध, यातायात सेवा प्रभावित
२०८३ असोज ९, शुक्रबार
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना, कूटनीतिक दायरा १८७ मुलुकमा पुग्यो
२०८३ असोज ९, शुक्रबार
पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक अनिश्चितकालका लागि बन्द
२०८३ असोज ९, शुक्रबार
अविरल वर्षाले बीपी राजमार्ग अवरुद्ध
२०८३ असोज ९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८३ असोज ९, शुक्रबार
राजस्व संकलन १५.४ प्रतिशतले बढ्यो: असोज ७ गतेसम्म २ खर्ब २ अर्बभन्दा बढी संकलन
२०८३ असोज ९, शुक्रबार
Foreign Minister Khanal attends meeting of ‘Group of Friends of Mediation’
२०८३ असोज ८, बिहिबार