बैसाख १४, २०८३ सोमबार April 27, 2026

वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर

वन्यजन्तुलाई पानी पिउनका लागि वनजङ्गल क्षेत्रमा पोखरी बनाइएको भए पनि पर्याप्त मात्रामा पानी छैन

राँझा (बाँके), १४ वैशाखः जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूलनहर वन्यजन्तुमैत्री नहुँदा अकालमै वन्यजन्तु मर्ने गरेका छन् । प्यास मेटाउन पुग्ने वन्यजन्तु नहरमै फसेर मर्ने गरेका हुन् । सिक्टा सिँचाइको पश्चिमी मूलनहरको अधिकांश भाग बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र, सामुदायिक वन, राष्ट्रिय वन तथा सरकारद्वारा व्यवस्थित गरिएको चक्ला वन क्षेत्रमा पर्ने भएकाले जोखिम.......

अस्पतालहरुको सेवाको गुणस्तर सुधार गर्न निर्देशन

सरकारी अस्पतालको टोकन प्रणाली राम्रो नभएको, बहिरङ्ग सेवामा जनशक्तिको व्यवस्थापन राम्रो नभएको भनाइ

चितवन, १४ वैशाखः जिल्लाका सरकारी, निजी अस्पताल र स्वास्थ्य संस्थाका व्यवस्थापक एवं सञ्चालकसंगको बैठकमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुधार गर्न निर्देशन दिनुभएको छ । स्वास्थ्य संस्थामा आएका बिरामीहरुलाई चिकित्सकहरुले संवेदनशील व्यवहार र अस्पतालको विधिभित्र रहेर काम गर्न पनि उहाँले निर्देशन दिनुभयो । चिकित्सकहरुको व्यवहार राम्रो नभएको, डायलासिस लगायतका सेवा दर्ता नगरी दिएको,.......

१६ टोलीको सहभागितामा टीकापुरमा महिला फुटबल प्रतियोगिता हुने

कैलालीमा महिला फुटबल प्रतियोगिता आयोजना हुँदै

कैलाली । युथ अफ टीकापुरले खुला महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता यही यही वैशाख २५ गतेदेखि हुन लागेको हो । अध्यक्ष अभिशेख शाहले हरेक वर्ष क्रिकेट प्रतियोगिता गर्दै आए पनि यस वर्षदेखि फुटबललाई जोड दिइएको बताए । ‘हामीले क्रिकेट प्रतियोगिता हरेक वर्ष गर्दै आएका थियौँ,’ उनले भने, ‘यस वर्षबाट.......

सहिदमार्ग स्तरोन्नति नहुँदा ताराखोलावासीलाई सास्ती

रिजालचोकदेखि करिब ४० किलोमिटर रहेको सडक व्यवस्थित नबन्दा महँगो भाडा तिर्नुपर्ने बाध्यता

ढोरपाटन (बागलुङ), १४ वैशाख : यहाँको ताराखोला जोड्न सहिदमार्गको ट्रयाक खुलेको २० वर्ष भन्दा बढी भयो । ट्रयाक खुलेको यतिका वर्षसम्म पनि स्तरोन्नति हुन नसक्दा यसक्षेत्रका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । सशस्त्र द्वन्द्वका बेला जनश्रमदान गरी खुलेको सडक हालसम्म स्तरोन्नति हुन सकेको छैन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको काठेखोला गाउँपालिका–५.......

प्रमुख समाचार

राजनीति

संसद

अन्तर्वार्ता

खेलकुद

मनोरञ्जन

रोचक

सुचना/प्रविधी