गाजा सङ्कट गहिरिँदैः मृतक सङ्ख्या बढ्दो
युद्धविराम लागु भएयता हालसम्म ७९१ जना प्यालेस्टिनीको मृत्यु
गाजा, वैशाख १२ गते । गाजा क्षेत्रमा शुक्रबार इजरायली आक्रमणका क्रममा कम्तीमा १० जना प्यालेस्टिनीको मृत्यु भएको छ, जसमा हमासद्वारा सञ्चालित आन्तरिक सुरक्षा निकायसँग आबद्ध ७ जना प्रहरी पनि रहेका छन् । स्थानीय स्रोत र प्रत्यक्षदर्शीका अनुसार उत्तरी गाजाको बेइत लाहिया क्षेत्रमा रहेको कमाल अडवान अस्पताल नजिकका आवासीय घरमा इजरायली तोपखानाले गोलाबारी गरेको थियो।.......
