बैसाख १३, २०८३ आइतबार April 26, 2026

छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

लेकमा यार्सागुम्बा सङ्कलन गर्न छेकम्पारभन्दा बाहिरका बासिन्दालाई निषेध छ

गोरखा, १३ वैशाखः जिल्लाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर जान थालेका छन् । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा एक साताअघिदेखि लेकतिर जान थालेका हुन् । स्थानीय साङ्पा लामाले ‘सिजन’ सुरु भएसँगै गाउँलेहरू लेकतिर जान थालेको बताउनुभयो । छेकम्पारका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा भएकाले यसपटक हिउँ नपग्लिँदै गाउँलेहरू लेकतिर लागेको उहाँले.......

साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल

स्थानीय उत्पादन, रोजगारी सिर्जना र उद्यमशीलताको विकासमा साना व्यवसायीको भूमिका प्रशंसनीय रहेको उल्लेख

काठमाण्डौँ, १३ वैशाखः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले साना तथा मझौला उद्योगी व्यवसायी मुलुकको अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको बताउनुभएको छ । साना तथा मझौला व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको आठौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले स्थानीय उत्पादन, रोजगारी सिर्जना र उद्यमशीलताको विकासमा साना व्यवसायीको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । नेपालमा.......

सेती भतेनीमा प्रहरीको छापा : लागुऔषध र वन्यजन्तुजन्य सामग्री बरामद

तनहुँमा घरबाट गाँजा, ट्रामाडोल र गैंडाको छालाजस्तो सामग्री फेला

तनहुँ । देवघाट गाउँपालिका–५ सेती भतेनी टोलस्थित एक घरबाट प्रहरीले लागुऔषधसहित जंगली जनावरका अखेटोपहार बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी श्रवणकुमार विकका अनुसार शनिबार कृष्ण तामाङको घरको कोठामा लुकाइछिपाइ राखिएका ती सामग्री फेला पारिएको हो। प्रहरीले तामाङ सुत्ने कोठा तथा टिनको दराजमा खोजतलास गर्दा विभिन्न प्रकारका लागुऔषध र वन्यजन्तुसम्बन्धी सामग्री.......

राष्ट्रपति ट्रम्प सहभागी कार्यक्रममा आक्रमण प्रयास, राष्ट्रपति सुरक्षित

घटनाबारे विस्तृत अनुसन्धान जारी

वासिङ्टन, १३ वैशाख : अमेरिकामा राष्ट्रपति ट्रम्प सहभागी रहेको ‘डिनर कार्यक्रम’ मा एक हतियारधारी व्यक्तिले आक्रमण गर्ने प्रयास गर्दा ठूलो सुरक्षा घटना भएको छ । प्रारम्भिक जानकारीअनुसार ती व्यक्तिले बन्दुक र चक्कु लिएर कार्यक्रम स्थलको लबी क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेका थिए, जसपछि सुरक्षाकर्मीहरू तत्काल सक्रिय भएका थिए र उनलाई नियन्त्रणमा लिएका थिए.......

प्रमुख समाचार

राजनीति

संसद

अन्तर्वार्ता

खेलकुद

अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्प सहभागी कार्यक्रममा आक्रमण प्रयास, राष्ट्रपति सुरक्षित

२०८३ बैसाख १३, आइतबार

मनोरञ्जन

रोचक

सुचना/प्रविधी