बैसाख १३, २०८३ आइतबार April 26, 2026

आइसिसी महिला च्यालेन्ज ट्रफीमा नेपाल अमेरिकासँग पराजित

बलिङतर्फ अमेरिकाकी माही माधभन र रितु पृया सिंहले समान २/२ विकेट लिए

काठमाडौँ । आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीअन्तर्गत आज भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट स्टेडियममा नेपाल अमेरिकासित सात विकेटले पराजित भएको हो । नेपालले दिएको ८७ रनको विजयी लक्ष्य अमेरिकाले ११.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । उसका लागि इसानी वाघेलाले सर्वाधिक ३५ रनको योगदान दिइन.......

अस्थायी शिक्षकहरूद्धारा ‘थापागाउँ घोषणापत्र–२०८३’ जारी, दीर्घकालीन व्यवस्थापनको माग

सरकार, शिक्षा मन्त्रालय तथा सम्बन्धित निकायसँग नियमित संवाद र वार्तामार्फत समाधान खोज्ने निर्णय

काठमाणंडौं । अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीहरूको बृहत राष्ट्रिय भेलाले ‘थापागाउँ घोषणापत्र–२०८३’ जारी गरेको छ । नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघको आयोजनामा काठमाण्डुको थापागाउँमा १२ गते सम्पन्न भेलाले पेशागत सुरक्षा, स्थायित्व र सामाजिक सुरक्षासम्बन्धी मागहरूलाई मुख्य एजेन्डा बनाउँदै घोषणापत्र सार्वजनिक गरेको हो । भेलाले अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीहरूको दीर्घकालीन व्यवस्थापन,.......

इरानले दबाबमा परेर वार्ता गर्ने छैन : इरानी राष्ट्रपति

अमेरिकाले लगातार सम्झौताको उल्लङ्घन गरिरहेको र वार्ता र युद्धविरामको क्रममा दबाबको नीति अपनाइरहेको आरोप

तेहरान । इरानका राष्ट्रपति मसूद पेजेश्कियानले आफ्नो देशले दबाब, धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता नगर्ने बताउनुभएको छ । उहाँले अमेरिकी प्रतिबन्ध र आक्रमणको चेतावनीप्रति सङ्केत गर्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँगको फोनवार्तामा भन्नुभयो, “दबाब, धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता हुन सक्दैन ।” कुराकानीका क्रममा उहाँले अमेरिकाले लगातार सम्झौताको उल्लङ्घन.......

एसइई नतिजा वैशाख अन्तिम सातामा आउने

रुजुका क्रममा कुनै प्राविधिक समस्या नदेखिए नतिजा सार्वजनिक गरिने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख अन्तिम सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालका अनुसार उत्तरपुस्तिका परीक्षण सम्पन्न भइसकेको छ र अहिले प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको छ। काम यही गतिमा अघि बढे तेस्रो साताको अन्त्यतिरै नतिजा प्रकाशन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो। प्राप्ताङ्क.......

प्रमुख समाचार

राजनीति

संसद

अन्तर्वार्ता

खेलकुद

मनोरञ्जन

रोचक

सुचना/प्रविधी