असोज ६, २०८३ मंगलबार September 22, 2026

प्रतिनिधिसभाको बैठक बस्दै

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः१५ बजे बस्दै

काठमाडौँ, असोज ६ गते । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक मङ्गलबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यस्तै, आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थसमिति, शिक्षा, स्वास्थ्य तथा.......

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

भुटानले असोज ११ र १२ गते गण्डकी प्रदेश क्रिकेट टोलीसँग, तथा असोज १४ र १५ गते क्यान–११ सँग अभ्यास खेल खेल्ने

कास्की, ६ असोजः विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ । आगामी आइसिसी मेन्स टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि भुटानको राष्ट्रिय पुरुष क्रिकेट टोली पोखरा आउन लागेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) को सहयोग.......

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण

काठमाडौँ, ६ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३४ पैसा, युके पाउन्ड स्ट्रलिङ.......

अन्डमानमा विकसित चक्रवातको असर नेपालमा पर्न सक्ने

असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भीषण वर्षा हुने

काठमाडौँ, असोज ६ गते । अन्डमान सागरआसपास विकसित भएको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने तरखरमा छ । त्यसको असर नेपालसम्म आइपुग्ने भएकाले समग्र देशव्यापी रूपमा उच्च सतर्कता अपनाइएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । मौसम विज्ञान विभागले उच्च चासोका साथ दिनरात यसको अनुगमन गरिरहेको मौसम विज्ञान विभागमा महानिर्देशक डा. अर्चना श्रेष्ठले जानकारी.......

प्रमुख समाचार

राजनीति

संसद

अन्तर्वार्ता

खेलकुद

मनोरञ्जन

रोचक

सुचना/प्रविधी