विश्वकप लिग–२मा नेपालले दियो युएईलाई २९० रनको लक्ष्य
मध्यक्रमका ब्याटर गुल्शन झाले ३८ बलमा ४४ रन जोडे
काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले दीपेन्द्रसिंह ऐरिको शतकीय पारीको सहयोगमा संयुक्त अरब इमिरेट्स (युएई)लाई २९० रनको चुनौती दिएको छ । र्कीतिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २८९ रनको बलियो योगफल खडा गरेको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ.......
