बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

थप १९ चिकित्सकको लाइसेन्स खारेज

नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका ती १९ जना चिकित्सकको काउन्सिलको दर्ता कितावबाट नाम दर्ता खारेज गर्ने निर्णय

काठमाडौँ, १८ वैशाख । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ । काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १९ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले जानकारी दिए । यसअघि काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका १७ जनाको लाइसेन्स खारेज गरेको थियो ।.......

ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित

अमेरिकी आन्तरिक राजनीतिमा पनि यस विषयले बहस चर्काएको छ

वासिङ्टन, वैशाख १८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी चीन भ्रमणले इरानसँग सम्बन्धित सैन्य र कूटनीतिक रणनीतिमा प्रत्यक्ष प्रभाव पारिरहेको सङ्केत देखिएको छ । विभिन्न अमेरिकी सञ्चारमाध्यमका रिपोर्ट अनुसार बेइजिङ भ्रमणलाई प्राथमिकतामा राख्दै ह्वाइट हाउसले इरानसम्बन्धी निर्णयमा सावधानीपूर्वक सन्तुलन खोजिरहेको छ । एनबिसीको रिपोर्ट अनुसार ह्वाइट हाउसका एक अज्ञात अधिकारीले राष्ट्रपति ट्रम्पले इरानसँग.......

लिग–२ मा नेपालको रोमाञ्चक जित, यूएई ६ रनले पराजित

घरेलु मैदानमा प्राप्त यो जितले आगामी खेलहरूका लागि टोलीको मनोबल उच्च

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले यूएईविरुद्ध रोमाञ्चक जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न खेलमा नेपालले यूएईलाई ६ रनले पराजित गर्दै महत्वपूर्ण दुई अंक जोडेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो। मध्यमक्रमका ब्याट्सम्यानहरूको योगदानले नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्‍यायो। जवाफी ब्याटिङमा उत्रिएको यूएईले सुरुवात राम्रो गरे.......

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी विशेष दूतको भेट

नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल

काठमाडौँ, १८ वैशाख । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेषदूत सर्जियो गोरले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयको जनाएको छ । त्यसैगरी, सो अवसरमा द्विपक्षीय लगानी र व्यापार प्रवर्द्धनमा जोड.......

प्रमुख समाचार

राजनीति

संसद

अन्तर्वार्ता

खेलकुद

मनोरञ्जन

रोचक

सुचना/प्रविधी