बैसाख २०, २०८३ आइतबार May 3, 2026

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

ठूलो मात्रामा सैनिक कटौतीले अमेरिका–युरोप सम्बन्ध र क्षेत्रीय सुरक्षा सन्तुलनमा प्रभाव पार्न सक्ने अनुमान

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त राज्य अमेरिकाले जर्मनीमा तैनाथ आफ्ना सैनिकहरूको सङ्ख्या उल्लेखनीय रूपमा घटाउने योजना अघि बढाइरहेको बताउनुभएको छ । उहाँले यो कटौती यसअघि सार्वजनिक गरिएको पाँच हजार सैनिक फिर्ताभन्दा अझ ठूलो हुने सङ्केत गर्नुभएको छ । राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकाले जर्मनीमा आफ्नो सैन्य उपस्थिति ‘धेरै ठूलो मात्रामा’.......

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

अनलाइन सदस्यता नवीकरण अभियान पार्टी जीवनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाइने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी बैठकमा यसबारे विस्तृत छलफल गरिएको सङ्गठन विभाग संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी दिनुभयो । पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेताहरू तथा जनसङ्गठनका प्रतिनिधिहरूको उपस्थितिमा सदस्यता व्यवस्थापनसम्बन्धी डेमो.......

अवरुद्ध कान्तिलोकपथ सञ्चालनमा

हेटौँडाबाट वीरगञ्ज, चितवनको नारायणगढ र भीमफेदीबाट हेटौँडातर्फ पनि यातायात सेवा सञ्चालनमा

मकवानपुर । हेटौँडा-काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत भीमफेदी गाउँपालिका- ८ भरेङडाँडामा गएराति गएको पहिरो हटाएर यातायात सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले जनाएअनुसार आज अपराह्नदेखि दुवैतर्फको यातायात सेवा सञ्चालनमा ल्याइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम महेन्द्र राजमार्ग र भीमफेदी कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सडकमा.......

होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा

समुद्री मार्गबाट जहाजहरूको आवागमन इरानी निकायहरूको समन्वय र स्वीकृतिमा आधारित रहने

तेहरान । इरानका सेना प्रवक्ता मोहम्मद अक्रमिनियाले शनिबार दिएको अभिव्यक्तिमा देशका सशस्त्र बलहरूले होर्मुज जलडमरूमध्यको सुरक्षा तथा निगरानी गरिरहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार उक्त महत्वपूर्ण समुद्री मार्गबाट जहाजहरूको आवागमन इरानी निकायहरूको समन्वय र स्वीकृतिमा आधारित रहनेछ । उहाँले होर्मुज जलडमरूमध्यको व्यवस्थापन इरानको अधिकार क्षेत्रभित्र पर्ने विषय भएको उल्लेख गर्दै वर्तमान परिस्थितिलाई मध्यनजर.......

प्रमुख समाचार

राजनीति

संसद

अन्तर्वार्ता

खेलकुद

मनोरञ्जन

रोचक

सुचना/प्रविधी