युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना
ठूलो मात्रामा सैनिक कटौतीले अमेरिका–युरोप सम्बन्ध र क्षेत्रीय सुरक्षा सन्तुलनमा प्रभाव पार्न सक्ने अनुमान
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त राज्य अमेरिकाले जर्मनीमा तैनाथ आफ्ना सैनिकहरूको सङ्ख्या उल्लेखनीय रूपमा घटाउने योजना अघि बढाइरहेको बताउनुभएको छ । उहाँले यो कटौती यसअघि सार्वजनिक गरिएको पाँच हजार सैनिक फिर्ताभन्दा अझ ठूलो हुने सङ्केत गर्नुभएको छ । राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकाले जर्मनीमा आफ्नो सैन्य उपस्थिति ‘धेरै ठूलो मात्रामा’.......
