बैसाख २४, २०८३ बिहिबार May 7, 2026

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प महसुस

काठमाडौँ, २४ वैशाखः धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प भएको खानी तथा भूगर्भ विभागले जनाएको छ । भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा लोकविजय अधिकारीले राससलाई बताउनुभयो । भूकम्पबाट कुनै किसिमको क्षति प्राप्त नभएको जनाइएको छ ।

होर्मुज जलमार्गबारे अमेरिकी रणनीतिमा अस्पष्टता

एकातिर अस्थायी युद्धविराम कायम रहेको र सैन्य गतिविधि मुख्यतया रक्षात्मक प्रकृतिको रहेको

वासिङ्टन, २४ वैशाख (रासस/एपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानसँगको द्वन्द्व र मध्यपूर्वको सुरक्षा अवस्थाबारे पछिल्ला दिनहरूमा विभिन्न फरक–फरक अभिव्यक्ति दिएपछि केही अन्योल उत्पन्न भएको देखिएको छ । प्रशासनका अधिकारीहरूले एकातिर अस्थायी युद्धविराम कायम रहेको र सैन्य गतिविधि मुख्यतया रक्षात्मक प्रकृतिको रहेको बताएका छन् भने अर्कोतर्फ आवश्यक परे सैन्य कारबाही पुनः सुरु.......

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

रु दुई अर्ब ५० करोड हाराहारी लगानी हुने अनुमान

चितवन, २४ वैशाखः चितवन मेडिकल कलेज (सिएमसी)ले संघीय राजधानि काठमाडौँको तीनकुने र बागमती प्रदेश राजधानि मकवानपुरको हेटौँडामा अतिविशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ । यसका लागि काठमाडौँमा अत्याधुनिक अस्पताल भवन निर्माणको अन्तिम चरणमा पुगेको छ भने हेटौँडामा भने भवन निर्माण गर्न हालै शिलान्यास गरिएको हो । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध.......

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

प्रचलित कानुनबमोजिम जग्गाधनी प्रमाणपत्र वितरण कार्यले निरन्तरता पाउने

इलाम, २४ वैशाख । सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास)का अनुसार गाउँपालिकामा एक हजार ८५७ घरपरिवार अव्यवस्थित रहेकामा हालसम्म १५२ घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण सम्पन्न भइसकेको छ । बाँकीलाई पनि प्रमाणपत्र वितरणको काम अन्तिम चरणमा.......

प्रमुख समाचार

राजनीति

संसद

अन्तर्वार्ता

खेलकुद

अन्तराष्ट्रिय

होर्मुज जलमार्गबारे अमेरिकी रणनीतिमा अस्पष्टता

२०८३ बैसाख २४, बिहिबार

मनोरञ्जन

रोचक

सुचना/प्रविधी