श्रावण ४, २०८३ सोमबार July 20, 2026

चलचित्र र पर्यटन प्रवर्द्धनमा नेपाल-चीन सहकार्य विस्तार गर्ने सञ्चार मन्त्रीको प्रतिबद्धता

चलचित्र क्षेत्रमार्फत नेपाल-चीनबीचको सम्बन्ध थप विस्तार गर्न सकिने उल्लेख

काठमाडौँ । सरकारले नेपाली चलचित्र क्षेत्रको विकास, अन्तर्राष्ट्रिय पहुँच विस्तार तथा सांस्कृतिक कूटनीतिलाई प्रवर्द्धन गर्न आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमार्फत नेपाल-चीनबीचको सम्बन्ध थप विस्तार गर्न सकिने उल्लेख गर्दै सरकार सहकार्यका लागि सकारात्मक रहेको बताएका हुन्। सञ्चार मन्त्री तिमिल्सिनासँग ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक.......

एमाले बागमती ‘पर्ख र हेर’को नीतिमा

तत्काल प्रदेश सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने विषयमा हाल यथावत्

काठमाण्डौं । नेकपा (एमाले)को बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिइँदै आएको समर्थनबारे ‘पर्ख र हेर’ को नीति लिएको छ । सो दलको आज काठमाडौँमा भएको बैठकले तत्काल प्रदेश सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने विषयमा हाल यथावत् रहने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा निदेशचन्द्र देवकोटाले जानकारी दिए। यही साउन १ गते.......

त्रिभुवन विमानस्थलबाट अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

बरामद चुरोटको क्लासिक डबल बस्ट भारतमा निर्मित-४ बण्डल, गोल्ड फ्लेक ३ बण्डल, शिखर आइस रुस ३१ बण्डल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गैरकानुनी रूपमा विदेश निर्यात गर्न लागिएको ठूलो परिमाणको सुर्तीजन्य पदार्थ (चुरोट) प्रहरीले बरामद गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार २०८३ साल साउन ३ गते (आइतबार) विमानस्थलको कार्गो कम्प्लेक्स भवनमा रहेको पिक एभिएसन प्रालि मार्फत अस्ट्रेलिया पठाउन लागिएको कार्गो जाँच गर्ने क्रममा उक्त चुरोट फेला परेको हो।.......

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना

काठमाडौँ, ४ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । कोशी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ.......

प्रमुख समाचार

राजनीति

संसद

अन्तर्वार्ता

खेलकुद

मनोरञ्जन

रोचक

सुचना/प्रविधी