बैसाख १२, २०८३ शनिबार April 25, 2026

अफगानिस्तानमा घरको छत खस्दा पाँचको मृत्यु, दुई जना घाइते

आपगानीस्तानका केही भागमा विगत केही दिनदेखि भारी वर्षा र बाढीको सामना

काबुल, वैहाख १२ गते । पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा शनिबार घरको छत खस्दा एउटै परिवारका पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको प्रान्तीय प्रहरी कार्यालयले जनाएको छ । प्रान्तीय राजधानी काला-ए-नवमा भएको घटनाको पुष्टि गर्दै प्रहरीले विज्ञप्ति जारी गरेको छ । पीडितमा चार बालबालिका र एक महिला रहेको जनाइएको छ.......

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

नगद ६८ हजार ४ सय ८० रूपैयाँ र ३ बुक तास सहित जुवाडे प्रहरी नियन्त्रणमा

काभ्रे, नमोबुद्ध नगरपालिका-२ बस्ने ६१ वर्षीय केदार आचार्यको डेरीमा जुवातास खेलिरहेको अवस्थामा केदार समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भकुण्डेबेशीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार ४ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गाजा युद्धपछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरु

सन् २००७ देखि हमासको नियन्त्रणमा रहेको गाजामा सन् २००६ को विधायी चुनावपछि हाल पहिलो पटक मतदान

रामल्लाह, प्यालेस्टिनी क्षेत्रहरू, वैशाख १२ गते । गाजा युद्धपछि पहिलो पटक शनिबार वेस्ट बैङ्क र गाजाको मध्य क्षेत्रमा प्यालेस्टिनीहरूले स्थानिय चुनावमा मतदान गर्न लागेको जनाइएको छ । रामल्लाहस्थित केन्द्रीय निर्वाचन आयोगका अनुसार इजरायलको कब्जामा रहेको वेस्ट ब्याङ्कमा करिब १५ लाख र गाजाको देइर अल-बलाह क्षेत्रमा ७० हजार मतदाताहरु सुचिकृत भएका छन् । निर्वाचन आयोगका.......

गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु

सुरक्षाकर्मीहरूलाई सम्भावित अवरोध रोक्न उच्च सतर्कतामा राखिए पनि हालसम्म बस्ती हटाउने क्रममा कुनै अवरोध वा झडप भए

काठमाडौँ, १२ वैशाखः काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती हटाउने कार्य आजदेखिसुरु गरिएको छ । त्यहाँ सार्वजनिकस्थल अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू तथा बस्तीहरू सरकारको निर्देशनअनुसार भत्काउने अभियान सुरु गरिएको हो । आज दिउँसोदेखि त्यहाँ बस्ती भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी.......

प्रमुख समाचार

राजनीति

संसद

अन्तर्वार्ता

खेलकुद

मनोरञ्जन

रोचक

सुचना/प्रविधी