कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

निर्वाचन कार्यालयद्वारा तीन हजार बढी मतदाताको नाम सूचीबाट हटाइयो

भदौ १२ गते सम्म मृत्यु दर्ता गरेका एक हजार ३८० जना र नागरिकता परित्याग गरेका ३९ जनाको समेत मतदाता नामावलीबाट आउट

चितवन। जिल्ला निर्वाचन कार्यालयले तीन हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाएको छ । मतदाता नामावली अध्यावधिक कार्यक्रमअन्तर्गत दोहोरो दर्ता भएका, मृत्यु भएका, नागरिकता परित्याग गरेका मतदाताहरुको नामावली हटाइएको हो । यसरी हटाइनेमा दोहोरो दर्ता भएका एक हजार ९४३ जनाको हटाइएको हो । आयोगको प्रणालीबाट जाँच गर्दा दोहोरो कायम भएको भेटिएका उनीहरुको नाम.......

कोरल सागरमा शक्तिशाली भूकम्प, २३ किलोमिटर गहिराइमा केन्द्रबिन्दु

भारतीय समयअनुसार बिहान ९ः५०ः४० बजे ६.४ म्याग्निच्युडको भूकम्प रेकर्ड

एजेन्सी । कोरल सागरमा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। हालसम्म प्राप्त विवरण अनुसार यस घटनाबाट कुनै पनि प्रकारको मानवीय वा भौतिक क्षति भएको जानकारी आएको छैन। राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस) का अनुसार मंगलबार बिहान कोरल सागरलाई केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको हो। भूकम्प जमिनको २३ किलोमिटर गहिराइमा गएको थियो। यस भूकम्पका.......

राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा नवकन्याको पूजाअर्चना

बडादसैँका अवसरमा नवदुर्गाको अवतारस्वरुप राष्ट्रप्रमुखले नवकन्याहरुको ( ९ कन्या) पूजाअर्चना गर्ने परम्परा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा नवकन्याहरूको (९ जना कन्या) विधिपूर्वक पूजाअर्चना गर्नुभएको छ । बडादसैँका अवसरमा नवदुर्गाको अवतारस्वरुप राष्ट्रप्रमुखले नवकन्याहरुको ( ९ कन्या) पूजाअर्चना गर्ने परम्परा छ। सोही परम्परा अनुरुप राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार नवकन्याहरुको पूजाअर्चना गर्नुभएको हो । दुर्गा भगवतीको.......

केन्द्रीय विद्युत् प्रसारणले फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी

लामो समयदेखि विद्युत् सेवा उपभोग गर्ने सपना बोकेर बसेका स्थानीयको घरघरमा बिजुली पुगेपछि उत्साहित

भोजपुर। जिल्लाको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएपछि स्थानीयको दैनिकी सहज बनेको छ । लामो समयदेखि विद्युत् सेवा उपभोग गर्ने सपना बोकेर बसेका स्थानीयको घरघरमा बिजुली पुगेपछि उत्साहित भएका छन् । विद्युत् विस्तारसँगै स्थानीय सूचना, सञ्चार तथा प्रविधिको पहुँचमा जोडिनुका साथै दैनिक जीवनयापनमासमेत परिवर्तन आएको छ । भौगोलिक.......

प्रमुख समाचार

राजनीति

संसद

अन्तर्वार्ता

खेलकुद

मनोरञ्जन

रोचक

सुचना/प्रविधी